भरतपुर, ८ असोज
काठमाडौँ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । बुधबार राति काठमाडौँ-मुग्लिङ सडकखण्डमा जवाङखोला, खतौटी र घोप्टेभीरमा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीले सुरक्षाको कारणले राति पहिरो हटाउन सम्भव नभएको बताएको छ । पहिरो हटाउने काम बिहीबार बिहान मात्र शुरु हुने बताएको छ ।
अर्कोतर्फ बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र तनहुँमा भारी वर्षा भएकोले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले बुधबार राति चितवन जिल्लास्थित त्रिशूली काली खोला र तनहुँ जिल्लास्थित सखार वर्षा मापन केन्द्रहरुमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।





