अर्किड स्कुलमा पुस्तक समीक्षा कार्यक्रम

भरतपुर, २८ साउन ।
अर्किड स्कुल भरतपुरमा पुस्तक समीक्षा कार्यक्रम गरिएको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा कक्षा ९ मा पढ्ने ४० जना विद्यार्थीले झमक घिमिरेको `जीवन काँडा कि फूल´ पढेर पुस्तक समीक्षा गरेका छन् । विद्यार्थीले विविध ढंगले समीक्षा प्रस्तुत गरे ।

विद्यार्थीको सामुहिक बुझाइ थियो – `झमकको संघर्षमय जीवन हामीहरुका लागि प्रेरणादायी छ । काँडाको बीचमा फुलेको फूल झनै सुन्दर र सुगन्धित हुन्छ ।´ जीवनमा जति सुकै कठिन परिस्थिति आए पनि त्यसलाई अंगालेर अगाडि बढ्न यो पुस्तकको प्रेरणा दिएको विद्यार्थीको भनाइ थियो ।

यो कार्यक्रममा विद्यार्थीहरु उत्साहित भएर सहभागी भएको कार्यक्रम संयोजक मीरा आचार्य दवाडीले बताउनु भयो । विद्यालयका अध्यक्ष आकाश पौडेलले विद्यार्थीमा सिर्जनात्मक क्षमताको ह्रास हुँदै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील र रचनात्मक बनाउन सहयोग पुग्ने विश्वास राख्नुभयो ।

कार्यक्रमको सुरुवातमा समीक्षा प्रस्तुत गरेकी आकृति खतिवडाले जीवन काँडा कि फूलमा ४७ खण्ड रहेको र पहिलो खण्डमा झमकको बाल्यकालको वर्णन गरिएको बताउनुभयो । शारीरिक रूपमा अपाङ्गता भए पनि झमकले बलियो आत्मविश्वास लिएर आफूलाई सशक्त बनाएको कथा पुस्तकमा उल्लेख भएको खतिवडाले सुनाउनुभयो ।

समीक्षा कार्यक्रममा आयुष कार्की, अभिमन्यू जिसि, अदिती अधिकारी, अग्रता बस्नेत, एलिना महतो, एरिब पोखरेल, अओसम दाहाल, प्रिसा खड्का, हिमांशी चापागाईं ओमिका, इशिका पौडेल, जेनिशा श्रेष्ठ, क्रिस्पी गुरुङ, क्रिस्टिना सापकोटा, निर्देश ढुङ्गेल, परीक्षा लामिछाने, प्रस्विन पाठक, प्रशिका शर्मा, प्रिन्सा चौधरी, रजत न्यौपाने, रक्षा लामिछाने, रिदम पाण्डे, रियाज ढकाल, सफल लामा, शान्ता जमरकट्टेल, सारिका केसी, शिवानी आचार्य, सिजन खनाल, सिम्रन पौडेल, सुलभ लम्साल, उत्सव कुँवर, प्रियांशु सापकोटा, प्रतिभा सुवेदी, पुष्पा खरेल, क्रिशा क्षेत्री, आविष्कार पण्डित, विशन राई, रिदम पोखरेल, आदित्य शाह र अभिनव आचार्यले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।

कार्यक्रमलाई संगम देवकोटा र प्रियांशु सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library