बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मकवानपुर, २७ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबारको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले ६३ मत प्राप्त गरे । उनको विपक्षमा २२ सदस्यले मत परेकाे छ ।

प्रदेश सभाका ७ जना सदस्य भने मत विभाजन हुँदा तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेश सभामा ५६ प्रदेश सभा सदस्यकाेको समर्थन भए सरकार गठन हुन्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका रामकृष्ण चित्रकार देश बाहिर रहेकाले एक मत कम प्राप्त भएकाे हाे ।

प्रदेशसभाको बैठकमा उपस्थित कूल ९२ सदस्य उपस्थित रहेका थिए । सभामुखले भने‍ मत विभाजनमा सहभागी भएनन् ।

गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट