न्यू क्यापिटल कलेजको रजत जयन्तीमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रत्ननगर, २७ साउन ।
रत्ननगर–४, टाँडीस्थित न्यू क्यापिटल कलेजले २५औं वार्षिकोत्सव (रजत जयन्ती)को अवसरमा मंगलबार विद्यालयस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख डा. ताराप्रसाद ढुङ्गानाले गर्नुभयो भने रत्ननगर पाब्सनका अध्यक्ष भुवनसिंह थापा प्रमुख अतिथि रहनुभयो । स्वागत तथा कार्यक्रमबारे जानकारी कलेजका प्राचार्य भुपेन्द्र धितालले दिनुभयो ।

चित्रकला तर्फ पूर्वी चितवनका ३३ विद्यालयका ५९ विद्यार्थी र वक्तृत्वकला तर्फ ३४ विद्यालयका ५४ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । चित्रकलाका निर्णायक प्रमिश कँडेल रहनुभएको थियो भने वक्तृत्वकलाका निर्णायकमा शहीद स्मृति क्याम्पसका पूर्व प्रमुख प्रा. कृष्ण सुवेदी र भुवानीशंकर कलेजका प्रमुख दीपक गौतम रहनुभयो ।

प्रतियोगिताको परिणाम

चित्रकला : प्रथम— विनय रेग्मी (सगरमाथा स्कूल), द्वितीय— एन्ड्रिन बिके (हिमालयन इङ्ग्लिश स्कूल), तृतीय— नैन गुरुङ (पञ्चकन्या विद्यामन्दिर), सान्त्वना— सबिता बराम (पदमपुर शिक्षा निकेतन)

वक्तृत्वकला : प्रथम— आदिति आचार्य (बैरीया मा.वि.), द्वितीय— रहीसा अधिकारी (लाइसियम मोडल स्कूल), तृतीय— खुशी बर्तौला (आदर्श विद्या आश्रम), सान्त्वना— ऋषिका पौडेल (सैनिक आवासीय महाविद्यालय)

चित्रकला तर्फका संयोजक अमित भुसाल र वक्तृत्वकला तर्फका संयोजक विष्णुप्रसाद सापकोटा रहनु भएको थियो । विजेताहरूलाई क्रमशः नगद रु. ५,०००, रु. ३,०००, रु. २,००० र रु. १,००० सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट