चितवनमा दुई जनाको मृत्यु

चितवन, २७ साउन ।
भरतपुर महानगरपालिका–११, भोजाडमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला घर भई हाल भोजाडमा डेरा गरी बस्ने ४५ वर्षीय रुदल सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।

सहनी आइतबार राति १० बजेर ३० मिनेटको समयमा खाना खाएर मोबाइल चलाउँदै गरेको अवस्थामा एक्कासी बिरामी भएका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा राति ११ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनकै रत्ननगर नगरपालिका–५, झुवानीमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान १ बजेको समयमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको ग प्र ०३–०३७ प ८९५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक ४५ वर्षीय राजु उदास गम्भिर घाइते भएका थिए । घाइते राजुलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान २ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट