नमुना शिवनगर खानेपानीको टोलीले भेट्यो संघीय खानेपानी आयोजनाको टोलीलाई

भरतपुर, २७ साउन ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन भरतपुरको टोलीसँग गैंडाकोटस्थित नमुना शिवनगर खानेपानीको टोलीले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका आयोजना प्रमुख शेखरचन्द्र केसी, ईन्जिनियरहरु क्रमश: चिरन्जीवी सेढाई, साहिल मण्डल र अमृत भण्डारीसँग संस्थागत भेटघाट र आ.व. २०८२/ ०८३ आयोजना र बजेटको बारेमा छलफल भएको छ ।

खानेपानीको टोलीले आगामी आयोजनाको लागि १ फिल्टर (बोरिङ नम्बर ४ ), एक वर्ष भित्र सम्पन्न हुनेगरी १ ग्रभिटी ट्याङ्की, २ वटा बोरिङ निर्माण गर्ने लक्ष्य राखेर सो अनुरुप आयोजना प्रमुखसँग माग गरिएको छ ।

चितवनका आयोजना प्रमुख शेखरचन्द्र केसीको स्वागत तथा सफल कार्यकालको शुभकामनासहित उक्त भेटघाट तथा अन्तरक्रियामा संस्थाको तर्फबाट अध्यक्ष जयराम कंडेल, सचिव प्रकाश भुसाल, कोषाध्यक्ष कुशल अधिकारी, सदस्य लक्ष्मीप्रसाद कंडेल, खानेपानी सुरक्षा उपसमिति सदस्य नरेन्द्र वन, कार्यालय प्रमुख जीवन थापा र प्रशासन सहायक केदार चापागाईंको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library