भरतपुर, २५ साउन ।
चितवन जिल्लाभरी रहेका २९ वटा गुम्बाहरुको छाता संगठन चितवन गुम्बा महासमितिको अध्यक्षमा मेकना तामाङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न गुम्बा महासमितिको प्रथम अधिवेशनले अध्यक्ष तामाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षत्रय प्रेमकुमार गुरुङ, पेमा लामा र पासाङ लामा, महासचिवमा कृष्ण लामा, सचिवद्वयमा राजु पाख्रिन र ईश्वरमान तामाङ तथा कोषाध्यक्षमा शान्तिमाया घले छानिएका हुन् ।
यस्तै सदस्यहरुमा अरविन गुरुङ, मीना लामा, केन्द्रबहादुर तामाङ, विमलकुमार लामा, बुद्धिमान लामा, नेसाङ आनी, झेझुङ्मा तामाङ, नन्दमाया गुरुङ, अजित लामा, झक्तबहादुर पाख्रिन, अन्जु लामा, देवबहादुर पाख्रिन, विष्णुकुमार तामाङ चयन भएका छन् भने पदेन सदस्यहरुमा सबै गुम्बाका अध्यक्षहरु रहने छन् ।
कार्यक्रमा प्राचिन सर्वलोक कल्याण परम्परागत उपचार केन्द्र मनहरिका धर्मगुरु निर्मला गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
यसअघि २०८० साल फागुन १८ गते नवनिर्वाचित तामाङकै अध्यक्षतामा चितवन गुम्बा महासमिति तदर्थ समिति गठन गरिएको थियो ।
जिल्लाभरि रहेका गुम्बा, म्हाणिमा आमा समूह, धर्म गुरुहरु, विभिन्न समुदायका सामाजिक संघसंस्था, बौद्ध दर्शनका प्राध्यापकहरु, प्रशिक्षार्थीहरु, धर्मावलम्वीहरु, बुद्धिजिवी वर्गहरुको भेलाले भरतपुर वडा नम्बर – २० को चन्द्रनगरमा भएको आम भेलाले गुम्बा महासमितिको जन्म भएको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।





