रेडियो संकेतको तीज विशेष कार्यक्रममा श्रीनगर महिला समूह प्रथम

गैंडाकोट, २५ साउन । रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गरेको बृहत खुल्ला तीज गीत प्रतियोगिता – २०८२ मा श्रीनगर महिला विकास समूह गैँडाकोट – २ ले प्रथम स्थान हासिल गरेको छ । यसैगरी भानु आदर्श महिला कृषि समूह कावासोती – ३ दोस्रो र प्रगति टोल महिला विकास समूह गैडाकोट १ तेस्रो भएका छन् । आइतबार […]
देवघाटधाममा `अहिल्या´ उपन्यासको विमर्श

देवघाटधाम, २५ साउन । साहित्यकार किरण आचार्यले लेख्नुभएको `अहिल्या´ उपन्यासको विमर्श गरिएको छ । आचार्य बन्धु समाज नेपाल चितवन कार्यसमितिले आयोजना गरेको कार्यक्रममा तीन जना स्रस्टाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पावन भूमि देवघाटधामस्थित वेद वेदाङ्ग संस्कृत विद्यापीठमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार आचार्यलाई सम्मान पनि गरिएको थियो । आचार्य बन्धु समाज चितवनका अध्यक्ष शंकर आचार्य […]
इच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर

भरतपुर, २५ साउन । इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिँदै छ । स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गर्न लागेको हो । साउन २३ गते परेको स्थापना […]
चितवन गुम्बा महासमितिको अध्यक्षमा मेकना तामाङ

भरतपुर, २५ साउन । चितवन जिल्लाभरी रहेका २९ वटा गुम्बाहरुको छाता संगठन चितवन गुम्बा महासमितिको अध्यक्षमा मेकना तामाङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न गुम्बा महासमितिको प्रथम अधिवेशनले अध्यक्ष तामाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षत्रय प्रेमकुमार गुरुङ, पेमा लामा र पासाङ लामा, महासचिवमा कृष्ण लामा, सचिवद्वयमा राजु पाख्रिन र […]