सवारी लाइसेन्सको अवधि अब १० वर्ष, ५ वर्षे व्यवस्था हट्यो

काठमाडौं, १६ साउन ।
सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो ।

यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो ।

‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्’, राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन् ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library