रामेश्वर पुस्तकालयमा आधारभूत लेखापरीक्षण तालिम

भरतपुर, १२ साउन ।
रामेश्वर पुस्तकालय तथा वाचनालयले समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी र आजीवन सदस्यहरूलाई आधारभूत लेखापरीक्षण तालिम सम्पन्न गरेको छ । आइतबार गरिएको आधारभूत तालिम कार्यक्रमका प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर २ का सदस्य परशुराम पौडेल रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा पुस्तकालयका पूर्व अध्यक्ष राजेन्द्र वाग्ले र प्रशिक्षकको रुपमा लेखा परीक्षक रामकुमार श्रेष्ठ रहनुभएको थियो ।

सो एक दिवसीय लेखा तालिम कार्यक्रममा शुभकामना मन्तव्य पुस्तकालयका आजीवन सदस्य मीना पाण्डे, नारद परिहस्त र विजय गुप्ताले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहनुहुने पुस्तकालयका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद वाग्लेले लेखा तालिमले यस पुस्तकालयका कर्मचारी एवं सम्पूर्ण सदस्यहरूको लेखा विवरण राख्नको लागि अब्बल बनाउनेमा विश्वस्त रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यक्रमका संयोजक मनोजबाबु तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो । करिब चार घण्टाको प्रशिक्षण दिँदै लेखा परीक्षण रामकुमार श्रेष्ठले आम्दानी खर्चको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय अप्ठ्यारा र चुनौतीहरू भोग्नुपरेको स्मरण गराउँदै कार्यक्रमले सम्बन्धित व्यक्तिहरुलाई फाइदा पुग्नेमा विश्वस्त रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पुस्तकालयका कार्यसमितिका पदाधिकारी हरूको उपस्थिति रहेको थियो । कार्यक्रम रामेश्वर पुस्तकालयका अध्यक्ष विजय पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष विजय पराजुलीले यस्ता कार्यक्रमले पुस्तकालयका सम्पूर्ण सदस्यहरू व्यावहारिक कार्यक्रमहरू सञ्चालनमा पुस्तकालयले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको र यहाँहरूको सुझाव अनुसार यस्ता थप कार्यक्रमहरु अगाडि बढाउने जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण पुस्तकालयको सचिव रमावती वाग्लेले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट