विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

भरतपुर, २ साउन ।

पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् । उनले सन् २०२४ जुन ९ मा खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । त्यसबेला विष्णु र एलिनाको विवाह बन्धनमै थिए । सार्वजनिक तस्बिरमा उनको अनुहारभर चोटपकटपछिको नीलडाम देखिन्छ ।

‘विष्णुले घरेलु हिंसा गरेका कारण सम्बन्धबिच्छेद गर्नुपर्ने अवस्था’ आएको एलिनाले बताउँदै आएकी छन् । यो तस्बिर सार्वजनिक गरेर उनले आफू घरेलु हिंसामा परेको सत्य भएको पुष्टि गर्न खोजेकी छन् । विष्णुले शुक्रबार फेसबुकमार्फत् एलिनालक्षित प्रेस नोट जारी गरेका थिए । सामाजिक सञ्जालमार्फत् आफूमाथि नकारात्मक टिप्पणी र भ्रम फैल्याउनेविरुद्ध अस्ट्रेलियामा कानुनी उपचार सुरु गरेको विष्णुको उक्त प्रेस नोटमा उल्लेख छ ।

नेपालमा पनि अब कानुनी उपचार सुरु गर्ने उनले बताएका छन् । तर, कोविरुद्ध कानुनी प्रक्रिया थालिएको र थाल्न बाँकी रहेको उनले खुलाएका छैनन । एलिनाले लगाएका सबै आरोप झूटा रहेका विष्णुको आशय छ । विष्णुको धारणा आएको केही घण्टाभित्रै एलिनाले लामो क्याप्सनसहित तस्बिर सार्वजनिक गरेकी छन् । क्याप्सनमा उनले आफूले विगतमा भोगेका समस्या मात्रै सेयर गरेको दाबी गरेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट