युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरेर मनाइन् जन्मदिन

भरतपुर, २ साउन ।
युवा उद्यमी एवं प्रकृति कपास उद्योगकी सञ्चालक चन्दना कोइरालाले आफ्नो जन्मदिन गौसेवा गरेर मनाउनुभएको छ ।

कोइराला आज परिवार सहित पवित्र धार्मिक क्षेत्र देवघाटधामस्थित योगी नरहरिनाथ गौसेवा केन्द्रमा पुगेर संरक्षित गाईहरुलाई खाना खुवाउनु भएको हो ।

कोइराला सनातन अभियानकी सदस्य साथै नेपाल कपास उद्योग महासंघकी केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै बागमती प्रदेस उद्योग परिसंघ महिला समितिको अध्यक्ष पनि हुनुहुन्छ ।

स्वदेशमा केही गर्नु पर्छ भन्ने मान्यताका साथ कपास उद्योग सञ्चालन गर्दै आउनुभएकी कोइरालाले आफ्नो जन्मदिन हिन्दु सनातनीहरुले माताको रुपमा स्विकारेको गौमातालाई सेवागरी मनाउनु भयो ।

समाज सेवामा समेत सक्रिय कोइरालाले आफ्नो जन्मदिनमा गाईको सेवा गरी मनाउन पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो ।

झण्डै एक दशकदेखि व्यावसायिक र सामजिक क्षेत्रमा सक्रिय कोइरालाले गौसेवा आश्रमलाई ५ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभयो ।

असाहाय, अनाथ, दिनदुखी मानव तथा प्राणीहरुको सहयोग गर्दा मनमा सन्तुष्टि र खुशी मिल्ने कोइरालाले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट