सांग्रिला बुक्सद्वारा ‘पोषण वर्णमाला’ सार्वजनिक

काठमाडौं, २ साउन ।

भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले सांग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमाला : थरीथरी रङ, थरीथरी स्वाद’ प्रकाशन गरेको छ।

यस पुस्तकका संयोजक कृष्ण जिसी र पूर्णचन्द्र वस्ती छन्, जसले खाद्य प्रविधि तथा पोषणका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन्। उनीहरूका अनुसार यो पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ। साथै, यसले असल खानपानको बानी बसाल्न अभिभावक र शिक्षकहरूलाई सहयोग पुर्‍याउने उनीहरूको विश्वास छ।

‘पोषण वर्णमाला’ पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ। प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका खानेकुराहरूको परिचय समेटिएको छ। उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा १६० भन्दा बढी खानेकुराहरू समेटिएका छन्।

पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्रहरू तयार गरेकी छिन् भने आन्विका गिरीले सम्पादन गरेकी हुन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट