माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण

माडी, ३० असार ।
रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण गरेको छ ।

Fan Distribution Program अन्तर्गत ७९ थान पङ्खा वितरण गरिएको हो । कार्यक्रम माडी–५ स्थित दिवाकर स्मृति माविमा भएको हो । जसअन्तर्गत दिवाकर स्मृति मा.वि. माडी-५ लाई २३ थान, राष्ट्रिय आधारभूत विद्यालय जीवनपुर माडी-२ लाई ५ थान, राष्ट्रिय आधारभूत शिखरीपुर माडी-१, लाई ६ थान, राष्ट्रिय आधारभूत विद्यालय सिम्रहनी माडी-२, लाई २ थान, ब्रह्मज्योति आधारभूत विद्यालय माडी -५ लाई ७ थान, बालकल्याण आधारभूत विद्यालय जगनाथपुरी माडी -७ लाई ८ थान, राष्ट्रिय आधारभूत विद्यालय गोविन्दबस्ती माडी -९ लाई २ थान रहेकाे छ ।

यसैगरी, श्रीकृष्णनगर माध्यामिक विद्यालय माडी -९ लाई १२ थान, जनजागृति आधारभूत विद्यालय माडी -९ भालुखोलालाई ४ थान र किर्तनपुर आधारभूत विद्यालय किर्तनपुर माडी -७ लाई ४ थान पंखा वितरण भएकाे हाे । विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार्ने उद्देश्यले पङ्खा वितरण गरिएको गरिएको संस्थाका कोषाध्यक्ष रामचन्द्र लम्सालले जानकारी दिनुभयो ।

यसअघि पनि माडीका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सो रोटरी क्लवले आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट