पृथ्वी माविमा स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह

कालिका, ३० असार । चितवनको कालिका नगरपालिका-७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी स्काउट ट्रूपको आयोजनामा `पृथ्वी स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह´ सम्पन्न भएको छ । कालिका ओपन स्काउट क्र्युको प्राविधिक सहयोग रहेको सो क्याम्प असार २७ र २८ गते सञ्चालन भएको हो । युवाहरूमा स्वअनुशासन, नेतृत्व विकास, आपसी भाइचारा र समाजसेवाको भावना विकास […]
चितवनमा विभिन्न घटनामा ३ जनाको मृत्यु
भरतपुर, ३० असार । चितवन जिल्लाका ३ छुट्टाछुट्टै स्थानकाे भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भएकाे घटनामा उनीहरुकाे ज्यान गएकाे हाे । भरतपुर महानगरपालिका–२७, मेघौलीमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मेघौलीका ३२ वर्षीय रामकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । […]
माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण

माडी, ३० असार । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण गरेको छ । Fan Distribution Program अन्तर्गत ७९ थान पङ्खा वितरण गरिएको हो । कार्यक्रम माडी–५ स्थित दिवाकर स्मृति माविमा भएको हो । जसअन्तर्गत दिवाकर स्मृति मा.वि. माडी-५ लाई २३ थान, राष्ट्रिय आधारभूत विद्यालय जीवनपुर माडी-२ लाई ५ थान, […]
ज्योति पराजुलीको जन्मदिनमा अपाङ्ग संस्थामा सहयोग

नवलपरासी, २९ असार । अष्ट्रेलियामा बसोबास गर्दै आएकी समाजसेवी ज्योति पराजुलीले आफ्नो जन्मदिनको अवसरमा श्री मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेकी छन् । ज्योतिले विगत केही वर्षदेखि जन्मदिनलाई तडक-भडक नगरी सामाजिक सेवामा रूपान्तरण गर्दै आइरहेकी छन् । यस वर्ष पनि आफ्ना बुबा जगन्नाथ पराजुलीमार्फत संस्थामा सहयोग प्रदान गरिएको हो । संस्थामा […]
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड
काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । विवादका कारण रोकिएको नीति तथा कार्यक्रम र बजेट आइतबार महानगरको १७औँ अधिवेशनमा पेस गरिएको हो । नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाहले प्रस्तुत गरे भने उपमेयर सुनीता डंगोलले बजेट पेस गरिन् । महानगरपालिकाले […]