ज्योति पराजुलीको जन्मदिनमा अपाङ्ग संस्थामा सहयोग

नवलपरासी, २९ असार ।
अष्ट्रेलियामा बसोबास गर्दै आएकी समाजसेवी ज्योति पराजुलीले आफ्नो जन्मदिनको अवसरमा श्री मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेकी छन् ।

ज्योतिले विगत केही वर्षदेखि जन्मदिनलाई तडक-भडक नगरी सामाजिक सेवामा रूपान्तरण गर्दै आइरहेकी छन् । यस वर्ष पनि आफ्ना बुबा जगन्नाथ पराजुलीमार्फत संस्थामा सहयोग प्रदान गरिएक‍ो हो ।

संस्थामा सहयोग हस्तान्तरण कार्यक्रममा बुबा पराजुलीले भने – `छोरी ज्योतिले बाल्यकालदेखि नै सामाजिक कार्यमा रुचि राख्ने गर्थिन् । अहिले अष्ट्रेलियामा भए पनि जन्मभूमिको माया र पीडितप्रतिको समर्पण अझै उस्तै छ । जन्मदिनमा सहयोग गरेर खुशी साट्ने उसको यो सोच निकै प्रेरणादायी छ ।´

श्री मौलाकालिका अपाङ्ग सेवा संस्थाका प्रतिनिधिहरूले सहयोग प्रति आभार व्यक्त गर्दै यस्तो कार्यले संस्थामा आश्रित बालबालिकाको मनोबल अभिवृद्धिमा मद्दत पुग्ने बताए ।

`मेरो आशा छ, ज्योति जस्तै अन्य युवाहरूले पनि जन्मदिन जस्ता अवसरलाई समाजसेवामा समर्पित गर्ने प्रेरणा लिनेछन्´, बुबा जगन्नाथ पराजुलीले अपेक्षा व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट