चितवन, ७ असार ।
प्रथम एनएसकेए एभरेष्ट चितवन जिल्ला स्तरीय सोतोकान कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सोतोकान कराते सङ्घ चितवनको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
भरतपुर कभर्ड हलमा शुक्रबार र शनिबार दुई दिन चलेको प्रतियोगितामा निन्जा डोजो प्रथम भएको छ । उसले १० स्वर्ण पदक प्राप्त गरेको नेपाल सोतोकान कराते संघ चितवनका अध्यक्ष शैलेश थापाले जानकारी दिए । यस्तै हिमालय स्कुल दोस्रो भएको छ । उसले ७ स्वर्ण पदक प्राप्त गरेको छ ।
बिटुसिटु ३ स्वर्णसहित तेस्रो भएको छ । निन्जा डोजोकी सारिका घिमिरे बेस्ट महिला प्लेयर तथा हिमालयका सारुन ठकुरी बेस्ट पुरुष खेलाडी भए । प्रतियोगितामा चितवन जिल्लाभरका एक सय ५० खेलाडी सहभागी रहेका थिए ।
पदक विजेताहरुलाई प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीलगायतका अतिथिहरुले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । सोतोकान कराते सङ्घ चितवनको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजकमा चितवन एभरेष्ट अस्पताल रहेको थियो ।