प्याराडाइज भरतपुर- २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर, २६ जेठ ।
प्याराडाइज युथ क्लब रत्ननगर चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो चरणको तेस्रो खेलमा रामपुर फुटबल क्लब रड्सलाई हराउँदै प्याराडाइज सेमिफाइलमा प्रवेश गरेको हो ।

प्याराडाइजको जितमा सन्दिप रानाले निर्णायक गोल गरे । उनले खेलको सुरुवती मिनेटमा नै गोल गर्दै प्याराडाइजलाई अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक बन्यो । उनी नै प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगितामा भोलि मंगलबार पहिलो चरणको अन्तिम खेल हुनेछ । जसमा सूर्यपुर एफसी र मकवानपुर भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार रुपैयाँ तथा उपविजेताले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट