प्याराडाइज भरतपुर- २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर, २६ जेठ । प्याराडाइज युथ क्लब रत्ननगर चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो चरणको तेस्रो खेलमा रामपुर फुटबल क्लब रड्सलाई हराउँदै प्याराडाइज सेमिफाइलमा प्रवेश गरेको हो । प्याराडाइजको जितमा सन्दिप रानाले निर्णायक गोल गरे । उनले खेलको सुरुवती मिनेटमा नै गोल गर्दै प्याराडाइजलाई अग्रता दिलाएका […]
राजेश हमालको `युगदेखि युगसम्म´ भदौमा आउने

काठमाडौं, २६ जेठ । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक `युगदेखि युगसम्म´ आउँदो भदौमा आउने भएको छ । पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक भइसक्ने जनाएको छ । अभिनेता हमालको जन्मदिनको अवसरमा सोमबार राजधानीमा पुस्तकको आवरणसमेत अनावरण गरियो । कार्यक्रममा अभिनेता हमाल र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी […]
भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय बागमती प्रदेशको उत्कृष्ट

पोखरा, २६ जेठ । पोखरास्थित अडिटोरियम हलमा आयोजित प्रधानाध्यापक सङ्घ नेपाल (Principal Association of Nepal – PAN) को दोस्रो शिखर सम्मेलनमा श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय, भरतपुर–५, गुलाफबग, चितवनलाई बागमती प्रदेशको उत्कृष्ट विद्यालय घोषणा गर्दै सम्मान प्रदान गरिएको छ । देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट विद्यालयहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कनमा आधारित यस कार्यक्रममा विद्यालयले शिक्षण–सिकाइको गुणस्तर, प्रभावकारी […]
जिल्ला खेलकुदद्वारा चितवनका प्रहरी प्रमुखलाई स्वागत तथा खेल सामग्री सहयोग

चितवन, २६ जेठ । चितवन जिल्ला खेलकुद विकास समितिले चितवनका प्रहरी प्रमुखलाई स्वागत गरेको छ । समितिले सोमबार प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई स्वागत गरेको हो । एसपी पुरीकै कार्यकक्षमा एक कार्यक्रमकाबीच समितिका अध्यक्ष राजन कार्की र सचिव रामजी ढकालले स्वागत गरे । सो अवसरमा अध्यक्ष कार्कीले एसपी पुरीको चितवन कार्यकालको सफलताको कामना गरे । […]
कम्युनिस्ट नेता किरण जेठ १८ गतेदेखि त्रिविमा उपचाररत

काठमाडौं, २६ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी भएका छन् । दमको समस्या रहेका उनलाई पछिल्लोपटक जेठ १८ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराइराखिएको छ । ‘उहाँलाई आइसियुमा राखेर उपचार गराइएको छ,’ उनका आफन्त प्रशान्त वलीले भने, ‘अवस्था स्थिर छ । उहाँको उपचारमा डा. निरज बम नेतृत्वको चिकित्सक […]
बिरामीको चाप बढेपछि विपि कोइराला क्यान्सर अस्पतालमा फार्मेसी थप

भरतपुर, २६ जेठ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ। अस्पतालका उपनिर्देशक डाक्टर उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी […]