राजेश हमालको `युगदेखि युगसम्म´ भदौमा आउने

काठमाडौं, २६ जेठ ।

अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक `युगदेखि युगसम्म´ आउँदो भदौमा आउने भएको छ । पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक भइसक्ने जनाएको छ ।

अभिनेता हमालको जन्मदिनको अवसरमा सोमबार राजधानीमा पुस्तकको आवरणसमेत अनावरण गरियो । कार्यक्रममा अभिनेता हमाल र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण अनावरण गरे ।

‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक— हमालको पुस्तक युगदेखि युगसम्म प्रकाशनको घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई दसैंको कोसेली होस् भन्ने हाम्रो अभिप्राय छ । मलाई लाग्छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library