काठमाडौं, २६ जेठ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी भएका छन् ।
दमको समस्या रहेका उनलाई पछिल्लोपटक जेठ १८ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराइराखिएको छ ।
‘उहाँलाई आइसियुमा राखेर उपचार गराइएको छ,’ उनका आफन्त प्रशान्त वलीले भने, ‘अवस्था स्थिर छ । उहाँको उपचारमा डा. निरज बम नेतृत्वको चिकित्सक टोली सक्रिय छ ।’
उनका अनुसार यसअघि अध्यक्ष वैद्यलाई महाराजगन्जस्थित बिपी सामुदायिक अस्पतालमा उपचार गराइएको थियो ।
विगत ६ महिनादेखि वैद्यको स्वास्थ्यमा समस्या देखिँदै आएको छ। ‘त्यसकारण उहाँ कहिले अस्पताल त कहिले घर आउजाउ गरिरहनु भएको छ,’ उनले भने ।





