भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय बागमती प्रदेशको उत्कृष्ट

पोखरा, २६ जेठ ।
पोखरास्थित अडिटोरियम हलमा आयोजित प्रधानाध्यापक सङ्घ नेपाल (Principal Association of Nepal – PAN) को दोस्रो शिखर सम्मेलनमा श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय, भरतपुर–५, गुलाफबग, चितवनलाई बागमती प्रदेशको उत्कृष्ट विद्यालय घोषणा गर्दै सम्मान प्रदान गरिएको छ ।

देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट विद्यालयहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कनमा आधारित यस कार्यक्रममा विद्यालयले शिक्षण–सिकाइको गुणस्तर, प्रभावकारी विद्यालय व्यवस्थापन, विद्यार्थीको समग्र प्रगति, सह–पाठ्यक्रम क्रियाकलाप तथा समुदायसँगको समन्वयमा देखाएको उत्कृष्टता प्रस्तुत गर्दै बागमती प्रदेशतर्फबाट यो गौरव हासिल गरेको हो ।

सम्मान समारोहमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमाणपत्र र दोसल्ला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले संयुक्त रूपमा ग्रहण गर्नुभएको हो ।

सम्मान ग्रहणपछि अध्यक्ष श्रेष्ठले भने – `यो सफलता हाम्रो विद्यालय परिवारको समर्पण, ऐक्यबद्धता र निरन्तर परिश्रमको नतिजा हो । यो उपलब्धिले विद्यालयको मात्र होइन, सम्पूर्ण चितवन जिल्लाको शैक्षिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गरेको छ ।´

प्रधानाध्यापक चालिसेले पनि सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा समुदायलाई धन्यवाद दिँदै भविष्यमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो ।

उक्त सम्मेलनमा सातै प्रदेशबाट सहभागी भएका विद्यालय प्रमुखहरू, शिक्षक, शिक्षाविद् तथा सरोकारवाला निकायहरू उपस्थित थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट