आचार्यको वार्षिक पूण्यतिथिमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण

भरतपुर, १७ जेठ ।
सामाजिक व्यक्तित्व देवीप्रसाद आचार्यको वार्षिक पूण्यतिथिको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

देवीप्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुर महानगरपालिका – ५, आनन्दपुर चौतारोमा गरिएको बृहत् खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७५ जनाले रक्तदान र १ सय ७८ जनाले स्वास्थ्य परिक्षण गराएको रोशन आचार्यले जानकारी दिनुभयो ।

सो कार्यक्रममा भरतपुर- ५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । उहाँले आचार्यको व्यक्तित्व र सामाजिक योगदानको चर्चा गर्दै प्रशंसा समेत गर्नु भयो ।

नेकपा एमाले चितवन जिल्ला सल्लाहकार परिषद सदस्य, आनन्दपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष, श्रीराम मन्दिर समितिका सल्लाहकार एवम् संरक्षक, नेपाल रेडक्रस सोसाईटी नारायणपुर उपशाखा सल्लाहाकार, नेपाल उर्जा विकास कम्पनी प्रालिका संस्थापक सञ्चालकलगायत एक दर्जन बढी सामाजिक संघसंस्थामा सक्रिय भएर काम गर्नु भएको आचार्यको ६३ वर्षको उमेरमा २०८१ जेठ २७ गते निधन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library