पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, १७ जेठ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ […]

आचार्यको वार्षिक पूण्यतिथिमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण

भरतपुर, १७ जेठ । सामाजिक व्यक्तित्व देवीप्रसाद आचार्यको वार्षिक पूण्यतिथिको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । देवीप्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुर महानगरपालिका – ५, आनन्दपुर चौतारोमा गरिएको बृहत् खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७५ जनाले रक्तदान र १ सय ७८ जनाले स्वास्थ्य परिक्षण गराएको रोशन आचार्यले जानकारी दिनुभयो । […]

`बिगुल´को ६० प्रतिशत छायाङ्कन सकियो

चितवन, १७ जेठ । दिनेश कोइरालाको कथा रहेको चलचित्र ‘बिगुल’ को चितवनमा धमाधम छायाङ्कन भइरहेको छ । हाल चितवनमा रहेको चलचित्र युनिटले ६० प्रतिशत छायाङ्कन सकेको छ । चलचित्रको ७० प्रतिशत छायाङ्कन चितवनमा हुने कथाकार कोइरालाले जानकारी दिए । बाँकी ३० प्रतिशत छायाङ्कन भने काठमाडौं उपत्यकामा हुने उनले बताए । चितवनमा अब १० प्रतिशत मात्रै […]

चितवनको सोमेश्वर गढीमा गजल वाचन

माडी, १७ जेठ । माडी क्षेत्रको कला, संस्कृति, भाषा, साहित्य र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साेमेश्वरगढीमा शनिबार ‘गढीमा गजल’ विशेष साहित्यिक कार्यक्रम गरिएको छ । गजल मञ्च चितवन नेपाल र माडी नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त कार्यममा बागमती प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकालको प्रमुख अतिथ्यता रहेको थियो । माडी नगरपालिकाका उपप्रमुख […]

शिवमार्ग टोलविकास संस्थामा गुरुङको नेतृत्व

भरतपुर, १७ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर – ९ अन्तर्गत शिवमार्ग टोलविकास संस्थाको विशेष अधिवेशनले रामप्रसाद गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गुरुङ यसै संस्थाका पूर्व अध्यक्ष हुन् । निवर्तमान अध्यक्ष दधिराम कँडेलले आफ्नो कार्यकालमा संस्था दर्ता, संस्थाको पान लिने काम, टोलका सडकहरूको नामकरण, सडकको क्रमसङ्ख्या निर्धारणलगायतका महत्त्वपूर्ण कामकार्य भएको जानकारी दिनुभयो […]

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

चितवन, २७ जेठ । अन्य कम्पनी भन्दा सस्तो इन्टरनेट सेवा दिंँदै आएको भनिएको इन्टरनेट प्रदायक कम्पनी वाईफाई नेपालले सेल्स एजेण्ट भेटघाट कार्यक्रम गरेको छ । चितवनका सेल्स एजेण्टलाई कम्पनीको सेवा र योजनाको बारेमा जानकारी दिने उद्धेश्यसहित शनिबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीले आफ्नो नयांँ अफर ‘सेन्चुरी प्याक’ समेत सार्वजनिक गरेको […]