भरतपुर, १७ जेठ ।
भरतपुर महानगरपालिका वडा नम्बर – ९ अन्तर्गत शिवमार्ग टोलविकास संस्थाको विशेष अधिवेशनले रामप्रसाद गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गुरुङ यसै संस्थाका पूर्व अध्यक्ष हुन् ।
निवर्तमान अध्यक्ष दधिराम कँडेलले आफ्नो कार्यकालमा संस्था दर्ता, संस्थाको पान लिने काम, टोलका सडकहरूको नामकरण, सडकको क्रमसङ्ख्या निर्धारणलगायतका महत्त्वपूर्ण कामकार्य भएको जानकारी दिनुभयो ।





