चितवनको सोमेश्वर गढीमा गजल वाचन

माडी, १७ जेठ ।
माडी क्षेत्रको कला, संस्कृति, भाषा, साहित्य र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साेमेश्वरगढीमा शनिबार ‘गढीमा गजल’ विशेष साहित्यिक कार्यक्रम गरिएको छ ।

गजल मञ्च चितवन नेपाल र माडी नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त कार्यममा बागमती प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकालको प्रमुख अतिथ्यता रहेको थियो । माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महताे, माडी-५ का वडाध्यक्ष गणेशप्रसाद घताने, माडी-२ का वडाध्यक्ष दण्डपाणि पौडेललगायतको विशिष्ट अतिथ्य रहेको थियो ।

कार्यक्रममा माडीसँगै चितवन र नवलपरासीका साहित्यिक सर्जकहरुले माडीको परिवेश र विषयवस्तु समेटिनेगरी सहित्यिक रचना एवम् गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डाक्टर रविन बस्ताकोटी, भानु सापकोटा, प्रेम कँडेल, अनाम किरण, श्याम खड्का, निश्चल तिवारी, शिव अधिकारी, विकास बराल, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, बिधान पौडेल, कृष्णप्रसाद न्यौपाने, बालकृष्ण तिवारी, सन्तोष कश्यप अधिकारी, सुमन तिमिल्सिना, राजु आचार्य दीप, सुनिल महतो, विपिन पाठक, प्रविन सन्नाटा, विमर्श कँडेल, विनोद अनुज, सुलभबन्धु पोखरेल, लेखराम सापकोटा, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, सूर्यप्रकाश कँडेल, प्रेम विष्ट, समिता पौडेल न्यौपानेलगायतका स्रस्टाले रचना वाचन गर्नुभएको थियो ।

गजल मञ्च चितवनका पूर्वअध्यक्ष रमेश प्रभातले सोमेश्वरगढीमा आएर गजल सुनाउन पाउँदा खुसी लागेको बताए । यस्ता खाले कार्यक्रममार्फत साहित्यिक पर्यटनलाई बढाउन सकिने उनले बताए । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले आगामी दिनमा उपरदाङगढी, कविलास र इच्छाकामनामा पुगेर यस्तै कार्यक्रम गर्ने योजना रहेको बताए । कार्यसमिति सदस्य प्रविन सन्नाटा संयोजक रहेको कार्यक्रमलाई सचिव प्रमिला सानुले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा सहभागी हुन शुक्रबार नै माडी पुगेका स्रस्टाहरुले माडीका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन पनि गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट