चितवन, २७ जेठ ।
अन्य कम्पनी भन्दा सस्तो इन्टरनेट सेवा दिंँदै आएको भनिएको इन्टरनेट प्रदायक कम्पनी वाईफाई नेपालले सेल्स एजेण्ट भेटघाट कार्यक्रम गरेको छ । चितवनका सेल्स एजेण्टलाई कम्पनीको सेवा र योजनाको बारेमा जानकारी दिने उद्धेश्यसहित शनिबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीले आफ्नो नयांँ अफर ‘सेन्चुरी प्याक’ समेत सार्वजनिक गरेको थियो ।
प्रस्तुतिकरण दिंँदै कम्पनीका चितवन युनिट इन्चार्ज रजतमान श्रेष्ठले सेवा शुरु गरेसंँगै वाईफाइ नेपालले ग्राहकको मन जित्न सफल भएको बताए । ‘हामी चारवर्ष भित्रमा नै नेपालकै शीर्ष १० स्थानमा पर्न सफल भएका छौँ भने ग्राहक बनाउने सवालमा चौथो स्थानमा छौं ।’ श्रेष्ठले भने ।
आगामी दिनमा कम्पनीको सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय सेवाका साथै सस्तो मुल्यमा इन्टरनेट वितरण गर्ने उद्धेश्यकता साथ कम्पनी अघि बढेको इन्चार्ज श्रेष्ठको भनाई थियो । उनले सेन्चुरी प्याक अफरको बारेमा जानकारी दिंँदै दुईबर्ष समयावधिको लागि १५ हजार ७०७ रुपैयाँ मै प्याकेज, सय एमबीपीएस स्पीडका साथ दुई महिना बोनस, निःशुल्क जडान खर्च तथा फाईभी जी राउटर सित्तैमा उपलब्ध गरिएको बताए । ’हाम्रो टार्गेट ठूला सेवाग्राही र संस्थाहरु नभई मध्यमस्तरका ग्राहकलाई लक्षित गर्दै सेवा दिंँदै आएका छौँ´ , उनले भने, `सस्तो र फाष्ट इन्टरनेटकै कारण हाम्रा ग्राहक बढेका हुन् ।´
आगामी दिनमा चितवनका दुर्गम तथा इन्टरनेट पहुंँच नपुगेका ठाउंँहरुमा सेवा विस्तार गर्दै जाने योजना रहेको उनले बताए ।
चितवनमा भरतपुर र टांँडीबाट सेवा दिंँदै आएको कम्पनीको चितवनमा मात्रै दुईहजार बढी ग्राहक छन भने देशभर ७५ हजार ग्राहक रहेको टांँडीका इन्चार्ज उत्तम रिमालले जानकारी दिए । कम्पनीले देशका अधिकांश जिल्लामा सेवा विस्तार गरिसकेको छ ।
सो अवसरमा सेल्स एजेण्टहरुले कम्पनीको थप सेवा विस्तार गर्नुका साथै छिटो छरितो सेवा दिन सुझाव दिएका थिए । कार्यक्रममा चितवनका मात्रै ३० भन्दा बढी सेल्स एजेण्ट सहभागी भएका थिए ।





