वाल्मीकि निर्वाचन २०८२ सम्पन्न

भरतपुर महानगरपालिका वडा नं ४ वैदिकनगर स्थित वाल्मीकि शिक्षा सदनमा शुक्रबार मतदान प्रणालीबाट विभिन्न पदमा प्रतिनिधि विद्यार्थीहरू निर्वाचित भएका छन् ।

छात्र तथा छात्रा ‘विद्यालय कप्तान’ तथा विभिन्न सदनका कप्तान र उप कप्तान पद गरी कुल १० स्थानका लागि भएको उक्त निर्वाचनमा ३३ जना उम्मेद्वारहरूले प्रतिस्पर्धा गरेका थिए । मनोनयन दर्ता, उमेदवारलाई निर्वाचन चिह्न प्रदान, अभिमुखीकरण, प्रचारप्रसार र मौन अवधिको समेत तालिका प्रकाशन गरि सम्पन्न उक्त निर्वाचनमा कक्षा १० का अनुभव पौडेल, स्कुल क्याप्टेन छात्रतर्फ र प्रशंसा तिवारी छात्रातर्फ क्याप्टेन पदमा विजय भए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू जम्मा ९४३ मतदाता रहेकोमा ८७१ (९२.३७ प्रतिशत) मत खसेको थियो । सामाजिक अध्ययन विषय प्रमुख केपी काफ्ले मुख्य निर्वाचन आयुक्तको रूपमा नियुक्त भएका थिए । मतदान अधिकृतको रूपमा अङ्ग्रेजी विषय प्रमुख महेश तुलाधर, नेपाली विषय प्रमुख इन्दिरा पौडेल, विज्ञान विषय प्रमुख कल्याण भट्टराई र सामाजिक विषय शिक्षक सुबास रेग्मी थिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी भएको उक्त निर्वाचनमा उम्मेद्वार एवम् मतदाता विद्यार्थीहरू निकै उत्साहित थिए र उनीहरूले मतदान प्रक्रियामा सक्रिय रुपमा सहभागिता जनाए । ४ वटा मतदान केन्द्रको व्यवस्था गरी निर्वाचन प्रक्रियालाई अत्यन्तै व्यवस्थित, स्वच्छ र निष्पक्ष बनाइएको थियो । स्काउटका विद्यार्थीहरू सुरक्षा टोलीको भूमिकामा थिए भने केही स्वयंसेवक बनेर निर्वाचन कार्यलाई सहज बनाउने प्रयासमा लागेका थिए ।

मतगणनाको परिणाम अनुसार रातो सदन प्रतिनिधिमा साइसा सुवेदी कप्तान र आदित्य लामिछाने उप–कप्तानमा चुनिए । अर्पणा के.सी. र अर्पण पौडेल निलो सदनका क्रमसः कप्तान र उप–कप्तानमा विजयी भए । त्यस्तै गरी एन्जल भुजेल हरियो सदनको कप्तानमा विजय हुदै गर्द उल्लास राई उप–कप्तानमा चुनिए । र पहेलो सदनका प्रतिनिधिको रुपमा शैलेस देवकोटा र निष्ठा थापा क्रमस कप्तान र उपकप्तानमा विजय हासिल गरे ।

मत गणनापश्चात विजयी विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य श्री प्रदीप पौडेल र मुख्य निर्वाचन आयुक्त श्री केपी काफ्लेद्धारा अबिर र प्रमाणपत्र प्रदान गरिएको थियो ।


विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख खेमलाल पहारीले भने, “वाल्मीकि निर्वाचन एउटा निर्वाचन मात्र हैन, बरु भविष्यको लागि एउटा कुशल नेतृत्वको लागि गरिएको व्यवहारिक पुर्वाभ्यास पनि भएकोले यस्तो अभ्यासको निरन्तरता अत्यावश्यक छ ।” कक्षा ८ का विद्यार्थीहरूले आफ्नो अनुभव यसरी बताए, “बाबु आमाबाट मतदान बारे कुरा सुनिएको थियो तर आज प्रत्यक्ष सहभागी भएर मतदान गर्न पाउँदा खुसी छौं र हामीलाई निर्वाचन सम्बन्धी व्यवहारिक ज्ञान समेत प्राप्त भयो”,
विद्यार्थीहरूलाई व्यावहारिक रूपमा लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रियासम्बन्धी ज्ञान दिलाउन निर्वाचन गरिएको स्कुलका सहायक प्राचार्य प्रकाश सवेदीले बताए ।

विद्यालयका प्राचार्य प्रदीप पौडेलले वाल्मीकि निर्वाचन २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्नका निमित्त खटिएका शिक्षक, कर्मचारी, स्काउट, उम्मेद्वार र मतदाता सबैलाई धन्यवाद ज्ञापन गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट