कविडाँडा साहित्य समाजका पुरस्कार तथा सम्मान सार्वजनिक

भरतपुर, २१ वैशाख ।
कविडाँडा साहित्य समाज चितवनको शनिबार सम्पन्न बैठकले २२ औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पुरस्कार तथा सम्मानहरू सार्वजनिक गरेको छ ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार कविडाँडा कृति पुरस्कार- २०८१ `अलङ्कार इन्द्रेनी´ काव्यका लागि कवि गोविन्दराज विनोदीलाई दिइनेछ । त्यसैगरी कविडाँडा देव-खिना स्मृति पुरस्कार – २०८२
कवि लकास पौडेल र कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार – २०८२
गजलकार अविरत सुमन (सुमन घिमिरे)लाई दिने निर्णय भएको अध्यक्ष क्षेत्रीले बताए । यी तीन वटै पुरस्कारको राशि जनही १५ हजार १६० रुपैयाँ छ ।

यी पुरस्कार तथा सम्मानहरू २२ औँ स्थापना दिवस एवम् वार्षिकोत्सवका अवसरमा आगामी जेठ १० गते शनिबार कविडाँडाको कार्यालय भरतपुर-५ कविडाँडामा कार्यक्रम आयोजना गरी प्रदान गरिने पुरस्कार छनोट समितिका संयोजक एवम् समाजका सहसचिव रामकृष्ण अनायासले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट