शिक्षकका माग मन्त्रिपरिषद्बाट स्वीकृत, आन्दोलन स्थगित

काठमाडौं, १७ वैशाख ।
मन्त्रिपरिषद्को बैठकले शिक्षकका नौबुँदे माग स्वीकृत गरेको छ । यससँगै शिक्षकको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

नौबुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमतिसँगै सहमति जुटेको हो । भोलिदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने शिक्षा मन्त्री रघुजी पन्तले जानकारी दिए ।

सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library