चितवन, १७ वैशाख ।
भरतपुर महानगरपालिका–९, गोन्द्राङ चोकमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पैदल यात्री घाइते भएका छन् ।
आइतबार रातिकाे समयमा गोन्द्राङबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०११४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री र चालक दुवै घाइते भएकोमा स्कुटर चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
स्कुटर चालक खैरहनी नगरपालिका–६, घर भइ हाल भरतपुर महानगरपालिका–१०, बस्ने ६५ वर्षीय नारायण कृष्ण पाठक र पैदल यात्री मकवानपुरको हेटौडा–१२, घर भइ हाल गोन्द्राङस्थित कोक फ्याट्रीमा काम गर्ने ३१ वर्षीय राजेश गोले गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारको क्रममा चालक नारायण कृष्णको मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।





