खेलकुद समितिलाई प्रेमासाई ज्वेलर्सद्धारा एसीलगायतका सामग्री सहयोग

चितवन, १६ वैशाख ।
जिल्ला खेलकुद विकास समिति चितवनलाई प्रेमासाई ज्वेलर्सले एसीलगायतका विभिन्न सामग्री सहयोग गरेको छ । मिलनरोड नारायणगढस्थित प्रेमासाई ज्वेलर्सले मङ्गलबार उक्त सामग्री सहयोग गरेको हो ।

समितिको कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि ज्वेलर्सबाट सहयोग प्राप्त भएको समितिका अध्यक्ष राजन कार्कीले बताए । ज्वेलर्सले एसीसहित करिब एक लाख ४० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको कार्कीले बताए । कार्कीले सहयोगका लागि ज्वेलर्सलाई धन्यवाद व्यक्त गरे ।

ज्वेलर्सका सञ्चालक जुलेन पोख्रेलले समितिको कार्यालयका लागि एसीलगायतका सामग्रीको आवश्यकता महसुस गरेर सहयोग गरेको बताए । आफू पूर्व खेलाडी भएको नाताले खेलकुदको संस्थालाई सहयोग गर्न अघि सरेको बताए । उनले आगामी दिनमा पनि खेल क्षेत्रमा सहकार्य गर्ने बताए ।

३२ वर्षदेखि व्यवसाय गर्दै आएका जुलेनले सामाजिक तथा खेल क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् । यसैबीच खेलकुद विकास समितिका अध्यक्ष कार्कीले जिल्लाको खेलकुद गतिविधिलाई थप व्यस्थित गर्न आफू लागीपरेको बताए । यसका लागि खेलकुदका सबै संघसंस्थासँग समन्वय र छलफल भइरहेको उनको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library