राष्ट्रिय लेखक दिवसका अवसरमा चितवनमा रचनावाचन

भरतपुर, १६ वैशाख । नेपाली लेखक सङ्घ चितवनले रचनावाचन कार्यक्रम गरेको छ । तेस्रो राष्ट्रिय लेखक दिवसको अवसर पारेर चितवन साहित्य परिषद् भवनमा मङ्गलबार आयोजना गरिएको कार्यक्रममा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । कार्यक्रमका अप्सु पौडेल, सूर्यप्रकाश कँडेल, समिता न्यौपाने पौडेल, चारघरे ठिटो, एकदेव रिमाल, उदय अधिकारी, रमेश प्रभात, परिवेश मुन्छे, मेनका चापागाईं, गायत्री अधिकारी, […]
आख्यानकार गौतमलाई राष्ट्रिय लेखक पुरस्कार प्रदान

काठमाडौं, १६ वैशाख । नेपाली लेखक सङ्घले आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहकाबीच उनलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो । तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा […]
खेलकुद समितिलाई प्रेमासाई ज्वेलर्सद्धारा एसीलगायतका सामग्री सहयोग

चितवन, १६ वैशाख । जिल्ला खेलकुद विकास समिति चितवनलाई प्रेमासाई ज्वेलर्सले एसीलगायतका विभिन्न सामग्री सहयोग गरेको छ । मिलनरोड नारायणगढस्थित प्रेमासाई ज्वेलर्सले मङ्गलबार उक्त सामग्री सहयोग गरेको हो । समितिको कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि ज्वेलर्सबाट सहयोग प्राप्त भएको समितिका अध्यक्ष राजन कार्कीले बताए । ज्वेलर्सले एसीसहित करिब एक लाख ४० हजार रुपैयाँ बराबरको सामग्री […]
यशश्वी भव: (कविता)

तिम्रा कलिला औँलाहरू खेलाएर सिकाएको थिए तिमीलाई ज्ञानको वर्णमाला तिमीलाई पहिलो पटक बुढीऔला र चौरऔलाले कलम समाउन लगाएर सिकाएको थिए बाह्खरीको मिठो सङ्गीत तिमी त्यही बाह्रखरीको सङ्गीत सिकेर जवान भयौ र सिक्यौ जीवन जिउने कला अनायास धेरैपछि तिमी भेटियौ माइतीघरको कुरुक्षेत्रमा एकातिर तिमी थियौ र थियौ तिमीजस्ता अनेक शिष्यहरू अर्कोतिर म थिएँ र थिए मजस्तै […]
शिक्षक महासङ्घ र सरकारबीचको वार्तामा जुटेन सहमति

काठमाडौँ, १६ वैशाख । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको हो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि […]
शारदानगर जेसीजद्वारा वृक्षरोपण एवम् सरसफाई

भरतपुर, १६ वैशाख । जेसीज सप्ताहको अवसर पारेर शारदानगर जेसीजले वृक्षरोपण एवम् सरसफाई कार्यक्रम आयोजना गरेको छ । शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता र शारदानगर जेसीज धरोहर वर्ष २००७ का शाखा अध्यक्ष एवम् वर्ष २००८ का रास्ट्रिय उपाध्यक्ष, बोर्ड अफ ट्रस्टीका अध्यक्ष हरिराज अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्ष २००६ का शाखा अध्यक्ष एवम् […]