शारदानगर जेसीजद्वारा वृक्षरोपण एवम् सरसफाई

भरतपुर, १६ वैशाख ।
जेसीज सप्ताहको अवसर पारेर शारदानगर जेसीजले वृक्षरोपण एवम् सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता र शारदानगर जेसीज धरोहर वर्ष २००७ का शाखा अध्यक्ष एवम् वर्ष २००८ का रास्ट्रिय उपाध्यक्ष, बोर्ड अफ ट्रस्टीका अध्यक्ष हरिराज अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्ष २००६ का शाखा अध्यक्ष एवम् बोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष तनबहादुर पुनको विशेष आतिथ्यता रहेको थियो ।

निवर्तमान अध्यक्ष जेसी भुवन सापकोटाले जेसीज सप्ताह २०२५ को दोस्रो दिनको कार्यक्रममा जेसीजको बन्दै गरेको भवनको सरसफाइ र वृक्षरोपण गरिएको बताउनु भयो । कार्यक्रमको संयोजन जेसी श्रेयसी सेढाइले गर्नुभएको थियो भने संस्थाका कानुनीसल्लाहकार जेसी रमेश घिमिरेले आस्था पाठ वाचन गर्नु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library