बाध्यताले कांग्रेस सरकारमा छ, पर्‍यो भने बाहिरिन्छौँ : गगन थापा

काठमाडौं, ११ वैशाख ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका हुन् ।

कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनको भनाइ छ । थापाले कांग्रेसले समस्याको कुरा गरेरमात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने बताए ।

उनले पूर्व राष्ट्रपति फर्केर दलमा आउने कुराहरू चलिरहँदा कांग्रेसले भने पूर्वराष्ट्रपतिलाई दलमा फर्काउन नहुने बताए । पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उनले बताए । थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट