रूपन्देही, ८ वैशाख ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री अधिकारीले परियोजन मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिता अझै बढाउन पर्ने बताए । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिप्पणीहरु आए पनि फिल्डमा आएर हेर्दा युवाहरुलाई कृषि उद्यममा लाग्ने वातवरण परियोजनाले बनाएको पाएको मन्त्री अधिकारीले बताए ।
यान्त्रिकरण सहितको आधुनिक कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई यसै तर्फ केन्द्रित गरिने मन्त्री अधिकारीले बताए । सरकारले गर्ने लगानी आमनागरिककै श्रोत भएकाले यसको सही सदुपयोग गर्दै प्रतिफल लिन पनि किसान तथा उद्यमीहरुलाई मन्त्री अधिकारीले आग्रह गरे ।





