नेपाल डेरी एसोसिएसनबाट पत्रकार रानाभाट सम्मानित

काठमाडौं, २९ चैत ।
जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रालिद्वारा सञ्चालित जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको छ । राजधानीको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन एवं विभिन्न सरोकारवाला संस्थाहरुले आयोजना गरेको ‘ राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम – २०८१’ को अवसरमा रानाभाटलाई दुग्ध पदार्थ विविधिकरण अन्तर्गत मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता तथा बजारीकरण गरी मोहीको राष्ट्रिय प्रवर्द्दनमा मिडियामार्फत निरन्तर योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाइ साथै सम्मान – पत्रद्वारा बिहीबार सम्मान गरिएको हो ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले सम्मान – पत्र प्रदान गरेका हुन् । मोही जस्ता परम्परागत दुग्धजन्य पदार्थको उपभोगलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय अभियानमा रानाभाटले आफ्ना समाचार सामग्रीमार्फत जनचेतना अभिवृद्धि र बजार विस्तारमा सघाएको भन्दै एसोसिएशनले धन्यवाद समेत व्यक्त गरेको छ । रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिकलगायतका क्षेत्रमा कलम चलाइरहेका छन् ।

उक्त कार्यक्रमको आयोजना नेपाल डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसोसिएसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स ( अनाज ), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन् । चैत २८ गतेदेखि मोही दिवस मनाउन थालिएको हो । हरेक वर्ष चैत २८ गतेलाई मोही दिवसको रुपमा मनाइने अभियानको थालनी बिहीबार काठमाडौंमा गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट