सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यकार चट्याङ मास्टर र सुबोध गौतमलाई सम्मान गर्ने

मकवानपुर, १९ चैत ।

सिस्नुपानी नेपाल मकवानपुरले दुई हास्य व्यङ्ग्यकारहरूलाई सम्मान गर्ने भएको छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा उहाँहरूलाई हास्यव्यङ्ग्य सम्मान प्रदान गर्न लागिएको हो ।

वैशाख २० गते हेटौंडामा एक कार्यक्रमबिच स्रष्टा सम्मानका साथै हास्य व्यङ्ग्यात्मक कार्यक्रम समेत गरिने संस्थाका सचिव सुमार्गी हुमागाईले बताउनुभयो ।

सिस्नुपानी नेपालका तथा एजिङ नेपालका समेत संस्थापक रहनुभएका वरिष्ठ हास्यव्यङ्ग्य सर्जक कृष्ण मुरारी गौतम चट्याङ मास्टर डाक्टर गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गर्ने भएको हो ।
सो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ भने यसअघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई सो सम्मान प्रदान गरिएको थियो ।
सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष स्वर्गीय डाक्टर गणेशकुमार पौडेलको परिवारजनले सो सम्मान स्थापना गर्नुभएको हो ।

यस्तै युवा हास्यव्यङ्ग्य कलाकार सुबोध गौतमलाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिँदैछ। १५ हजार ५५५ रूपैयाँ राशिको सो सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर सी रिजालले स्थापना गर्नुभएको हो । अघिल्लो वर्ष सो सम्मान हास्यव्यङ्ग्य कवि अनिल पौडेलले प्राप्त गर्नुभएको थियो ।

गाईजात्रा पर्व र तिहारमा देउसी भैलोकाे अवसरमा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले अघिल्लो वर्ष स्थापना दिवसमा राष्ट्रिय स्तरको हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष संप्रस पौडेलले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट