बागमती प्रदेशसभा बैठक स्थगित, बुधबार फेरि बस्ने

मकवानपुर, १९ चैत । दुई महिनापछि बुधबारकाे लागि बाेलाइएकाे बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएकाे छ । प्रतिपक्ष र सत्तापक्ष दलहरुबीच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक बुधबार १ बजेका लागि स्थगित गरिएकाे हाे । मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरुबीच सहमती हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि […]

सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यकार चट्याङ मास्टर र सुबोध गौतमलाई सम्मान गर्ने

मकवानपुर, १९ चैत । सिस्नुपानी नेपाल मकवानपुरले दुई हास्य व्यङ्ग्यकारहरूलाई सम्मान गर्ने भएको छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा उहाँहरूलाई हास्यव्यङ्ग्य सम्मान प्रदान गर्न लागिएको हो । वैशाख २० गते हेटौंडामा एक कार्यक्रमबिच स्रष्टा सम्मानका साथै हास्य व्यङ्ग्यात्मक कार्यक्रम समेत गरिने संस्थाका सचिव सुमार्गी हुमागाईले बताउनुभयो । सिस्नुपानी नेपालका तथा एजिङ नेपालका समेत संस्थापक […]

आधुनिक राष्ट्रिय माविमा प्रविधिसम्बन्धि तालिम

मकवानपुर, १९ चैत । आधुनिक राष्ट्रिय मावि हेटौंडा उपमहानगरपालिका -४ मा विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यशाला तथा शिक्षकहरूको क्षमता अभिवृद्धिसम्बन्धी  दुई दिने तालिम चैत्र १८ र १९ गते सञ्चालन भएको छ । विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरूका लागि आयोजना गरिएको सो तालिम तथा कार्यशालाको  सहजीकरण प्रशिक्षकहरू महेश पोदार, सम्प्रस पौडेल, राजु रेग्मी र सुवास सजलले गर्नुभएको […]