खैरहनी नगरस्तरीय खुल्ला कविता प्रतियोगितामा डेजी स्कुलकी श्रीजु प्रथम 

खैरहनी, २३ फागुन ।
भुवानीशंकर कलेजको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खैरहनी नगरस्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ । खैरहनी नगर भित्रका १४ विद्यालयका २१ विद्यार्थीहरूको प्रतिष्पर्धा रहेको उक्त कार्यक्रममा नारी, देशप्रेम तथा सामाजिक विकृति विसङ्गति विरूद्ध बेजोड रूपमा कविता वाचन गरिएको कार्यक्रम संयोजक पदम अर्यालले बताउनु भयो ।

नारी दिवसलाई समेत केन्द्रित गरी आयोजना गरिएको कार्यक्रममा भुवानीशंकर बहुमुखी कलेजकी प्राध्यापक विजया कँडेलले नारी उत्थान र वर्तमान महिला अवस्थितिको विषयमा विचार राख्नु हुँदै अधिकार माग्ने वा कसैको निगाहले दिने वस्तु नभएको बताउनु भयो ।

कलेजका सहायक कलेज प्रमुख नवराज भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष अमृत मैनाली प्रमुख आतिथि तथा संयोजकको भूमिकामा पदम अर्याल रहनु भएको उक्त कार्यक्रममा डेजी स्कुलकी श्रीजु वाग्ले प्रथम, मदरल्याण्ड एकेडेमीकी प्राप्ति शिवाकोटी द्वितीय, मोडर्न स्कुलका जेनिश उप्रेती तृतीय र खैरहनी माविका निरूसा सुवेदीले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

पुरस्कृत कविहरूलाई प्रमुख अतिथि मैनालीले नगद तथा प्रमाणपत्रले सम्मान गर्नु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library