लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न

गैंडाकोट, ९ कात्तिक ।
विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ गैडाकोट नवलपरासी (ब.सु.पूर्व)को आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अधिकारीले नेपालको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आफ्नो नगरमा आयोजना हुँदा आफूलाई खुसी लागेको र यो कार्यक्रमको प्रभावकारिताले लगानीकर्तालाई फाइदा पुग्ने आफूले विश्वास लिएको बताए ।

धितो बोर्ड नेपालका निर्देशक विनोद पौडेल र स्टक मार्केट टियूका स्रोत व्यक्ति कुलचन्द्र पण्डितले प्रशिक्षण दिएको उक्त कार्यक्रममा लगानीको निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु, धितोपत्र, प्राथामिक बजार, धितोपत्रको दोस्रो बजार मूल्यमा प्रभाव पार्ने तत्व, विवेकशील लगानीकर्ता कसरी हुने, सेयरधनीको हकअधिकार, धितोपत्र सम्बन्धी कसुरलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल धितो बोर्डका निर्देशक विनोद पौडेल, नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, नेपाल धितो बोर्डका सहायक निर्देशक प्रकाश राय, स्टक मार्केट स्रोत व्यक्ति कुलचन्द्र पोखरेललगायत प्रकाश सापकोटा, उज्वल पौडेल, ईश्वर रिमाल, शिवराज काफ्लेलगायत अतिथि रहेको कार्यक्रम जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका बारेमा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका प्रथम उपाध्यक्ष छविलाल खरेलले प्रष्टाएका थिए ।

संघका महासचिव तेजनारायण पाण्डेले सञ्चालन गरेको कार्यक्रममा सनी सेक्यूरिटिज कम्पनी लिमिटेड ब्रोकर नम्बर ४२ को सहभागिता रहेको थियो । लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा व्यापारी, व्यवसायी, बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library