धरानका मेयरले दिए कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई

धरान, २९ असोज ।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् ।

साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकेन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library