खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त

मकवानपुर, २४ असोज ।
बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त भएका छन् । थापालाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञमा नियुक्त गरेकाे हाे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापाकाे नियुक्तिले खेलकुद क्षेत्रमा उपलब्धीमुलक काम हुनुका साथै ठोस तथा प्रभावकारी योजना निर्माणका लागि भूमिका रहने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले नियुक्ति पत्र प्रदान गर्दै बताए । थापाको नियुक्तिले प्रदेशको समग्र खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौँ व्याडमिन्टन एकेडेमीका संस्थापक हुन । व्याडमिन्टनमार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरीसकेका उनले स्पोर्टस इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका छन् । मन्त्रालयले यसअघि खेल विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई समेत मनोनित गरिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library