झरनाको चाडवाड विशेष रचनावाचन कार्यक्रम

मकवानपुर, २४ असाेज ।
झरना साहित्यिक परिवार मकवानपुरको ३०८ औँ साहित्य शृङ्खलाका अवसरमा बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान एवं रचनावाचन कार्यक्रम महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झरनाका संरक्षक तथा पूर्व अध्यक्ष उद्धवप्रसाद सापकोटाको विशिष्ट अतिथ्य रहेको थियो । महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं झरनाका संरक्षक परशुराम गौतम, सोही विद्यालयका प्रधानाध्यापक देवकी सिग्देल, सहायक प्रधानाध्यापक छविकुमार राई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हरिनारायण यादव, शिवप्रसाद बोलखे, श्रीबहादुर राई, राधेश्याम राई, हरिप्रसाद दाहाल, प्रकाश थापा मगर, हरिप्रसाद घिमिरे, राजकुमार तिमल्सिना, कृष्ण घतानीलगायतकाे आतिथ्य रहेको थियाे ।

कार्यक्रममा जनार्दन खनाल, सुवास खनाल, गाैरी कँडेल, अजर फुयाँललगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लामिछानेले हाम्रो देशमा अझै पनि सामाजिक आर्थिक विभेद कायम रहेको हुनाले क्षमतामूलक समाज निर्माणको लागि पहल गर्नमा यस्ता साहित्यिक र सामाजिक संघ/संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष विश्वनाथ सन्जेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चिरञ्जीवी लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने सचिव मसान उपासकले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library