नारायणगढमा रहेको लायन्स भवनमाथि चल्यो महानगरपालिकाको डोजर

भरतपुर, ९ असोज ।

मापदण्डविपरीत ४० वर्ष अगाडि बनाइएको नारायणगढ लायन्सचोकमा रहेको लायन्स भवनमा भरतपुर महानगरपालिकाले डोजर लगाएको छ । पाँचतले उक्त भवन सरकारी जग्गामा बनेको थियो । महानगरले भवन खाली गरी हटाउन सूचना गरे पनि सरोकारवालाले अटेर गरेपछि बुधबार बिहान डोजर लगाएको हो ।

अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी लायन्सचोकमा उपस्थित भएका थिए । यो भवन तीन धुरमा निर्माण गरिएको थियो ।

मापदण्ड विपरीत बनेका अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख दाहालले बताइन् । ‘वर्षाैंदेखि सरकारी जग्गा हडपेर ठूला–ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने जुन चलन छ, त्यसलाई तोड्नुपर्ने मनसाय महानगरले लिएको छ । यो काम जटिल छ तर हामीले नगरे कसले गर्ने ?’, उनले भनिन् ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको मनसाय रहेको उनले बताइन् । महानगरले पुङ्गी खोला सौन्दर्यकरणको काम पनि गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library