कस्तो हुन्थ्यो होला ?

कुमाराज सुबेदी, अस्ट्रेलिया

 

जब बिहानीका शीतका थोपा मोती बनेर चम्कन्छन्

सूर्यका सुनौला किरण पृथ्वीमा झरी बनेर बर्सिन्छन्

चराचुरूङ्गीहरू आफ्ना संगीत पस्किरहँदा

अखबारका मुखपृष्ठमा संवेगको आगो दन्किरहेको हुन्छ

यो विस्मयकारी निस्ठुरी खबर नआए, कस्तो हुन्थ्यो होला ?

सोह्र सिंगारमा सजिएर विवाहको मन्डपमा बसेकी नारी

आफ्नो सुहागको पर्खाइमा बाटोमा आँखा बिछ्याइरहँदा

पृष्ठभूमिमा बजेको लोकसंगीतले मिठास थप्दा,

लामो समयपछि भेटिएका आफन्तजन मुस्कुराएका छन्

यस्तोमा अन्मिएकी हिरा घरमा छोरी बने, कस्तो हुन्थ्यो होला ?

जनताको करमा तर नमारी विकास र समृद्धितिर लागि

आफ्नो कराइमा भएको पराईसँग बाँड्ने संस्कारको सुरूवात भए,

अड्डाको काम तुरून्तै कसैको आडमा हुन नपरे

बत्ती बालेपछि बिल तिरे, सुन भन्सारबाट मिलोमतोमा नछिरे

नेता असुलीमा नलागे, लागे तुरून्त जनता जागे, कस्तो हुन्थ्यो होला ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट