कस्तो हुन्थ्यो होला ?

कुमाराज सुबेदी, अस्ट्रेलिया   जब बिहानीका शीतका थोपा मोती बनेर चम्कन्छन् सूर्यका सुनौला किरण पृथ्वीमा झरी बनेर बर्सिन्छन् चराचुरूङ्गीहरू आफ्ना संगीत पस्किरहँदा अखबारका मुखपृष्ठमा संवेगको आगो दन्किरहेको हुन्छ यो विस्मयकारी निस्ठुरी खबर नआए, कस्तो हुन्थ्यो होला ? सोह्र सिंगारमा सजिएर विवाहको मन्डपमा बसेकी नारी आफ्नो सुहागको पर्खाइमा बाटोमा आँखा बिछ्याइरहँदा पृष्ठभूमिमा बजेको लोकसंगीतले मिठास थप्दा, […]

अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाडमा अङ्कुरम् एकेडेमी दोस्रो

भरतपुर, १२ भदौ । मित्रराष्ट्र भारतको उत्तरप्रदेशको राजधानी लखनउस्थित सिटी मोन्टेसरी स्कुल राजेन्द्रनगर क्याम्पसमा आयोजित चारदिने अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाड ‘कोफास–२०२४’ मा भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ । लखनउको कानपुररोडस्थित अडिटोरियममा सम्पन्न उक्त प्रतियोगितामा अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको हो । प्रतियोगितात्मक कार्यक्रममा जमसेदपुरको हिलटप स्कुल पहिलो र फैजावादको जेवी एकेडेमी […]

साँस्कृतिक क्षेत्रको विकास महत्वपूर्ण : दाहाल

भरतपुर, १२ भदौ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताएकी छन् । बुधबार भरतपुर–२५ स्थित बयरघारीमा रमाइलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उनले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गरिन् । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा […]

सिएमसी इण्डोर कर्पोरेट कप भदौ १४ गतेदेखि, ट्रफी सार्वजनिक

चितवन, १२ भदौ । चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट हुने भएको छ । आयोजक क्रिकेट संघले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको सबै तयारी […]

गँड्यौला मल प्रविधिबारे समुदायमा अभिमुखीकरण

गैंडाकोट, १२ भदौ । गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा भर्मी कम्पोष्ट (गँड्यौला मल) प्रविधिबारेमा समुदायलाई जानकारी गराइएको छ । गैँडाकोट–१ मा रहेको गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर ८ कार्यालय एवम् सोही वडाको कालिका महिला सञ्जालले कार्यक्रमको संयोजन गरेका थिए । ‘विद्यालय र समुदायको संयुक्त आह्वान ,दिगो विकास लक्ष्य प्राप्तिमा योगदान’ […]