टिकटक खुला गर्ने सरकारको निर्णय

काठमाडौं, ६ भदौ ।
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । केही सर्त सहित टिकटक खुला गर्ने निर्णय भएका उनले बताए ।

टिकटकले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउनुपर्ने, विद्युतीय साक्षरतामा सघाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सघाउनुपर्ने र कन्टेन्टको भाषामा ध्यान दिनुपर्ने सर्त राखेको छ ।

प्रवक्ता गुरुङले भने, ”हामीले यी सर्तहरु राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरेका छौं।” यसका आधारमा टिकटकले सरकारसँग सम्झौता गरेपछि सञ्चालन गर्न दिइने प्रवक्ता गुरुङले बताए ।

टिकटकको प्रयोगले विकृति बढाएको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिवेला सरकारको चर्को आलोचना भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट