स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति

चितवन, ३१ वैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर- २० दद्रहनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले गरेको आगजनीप्रति महानगरले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार बिहानको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किलोमिटर दक्षिणतर्फ रहेको दद्रहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ ।
मोटरसाईकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार बिहान हेभन बोर्डिङ स्कुल भरतपुर–५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनी गरेको थिए ।

महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरित विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तीमा भनिएको छ । कोहिकसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकार्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुर्‍याउन भरतपुर महागनर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तीमार्फत आह्वान पनि गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट