१५० किलो गाँजासहित मकवानपुरबाट ७ जना पक्राउ

मकवानपुर, ५ वैशाख
इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गाँजा ओसारपसारमा सहभागी भएको आरोपमा २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १५० किलो गाँजा नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ माथिल्लो मसिने भन्ने स्थानको पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिक रहेको मध्यवर्ति सामुदायीक वनमा पर्सा राष्ट्रिय निकुन्ज लामिटारबाट खटिएको कर्मचारी र सोही निकुन्ञको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त  टोलिले गाँजा र व्यक्ति पक्राउ गरेको हो ।

बोरामा लागू औषध गाँजा बोमेर पैदल यात्रा मार्फत पर्सा जिल्लातर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जसमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ३ बस्ने १५ र १९ वर्षीय किशोर रहेका छन् । मकवानपुर कैलाश गाउँलालिका ४ बस्ने २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा रहेका छन् ।

यसैगरी मनहरि गाउँपालिका ३ हाडीखोला बस्ने ४४ वर्षीय रामहरि लुईटेल र मनहरि ५ बस्ने ३६ वर्षीय दीपक थापामगर रहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट